पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितीमा

काठमाडौं । नेपाली पर्यटन क्षेत्रका दुई ठूला नेतृत्वदायी छाता संस्थाहरुले नेपालको पछिल्लो राजनीतिक अवस्थाबाट नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन अवस्थामा आइपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपालको पर्वतीय पर्यटनको एक मात्र नेतृत्वदायी संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) र पद यात्रा पर्यटनको नेतृत्वदायी संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले संयुक्त विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेका हुन् ।

दुवै संस्थाले विज्ञप्तिमार्फत जेन जी पुस्ताको मागअनुसार निश्कलङ्क र सर्वस्विकार्य व्यक्तीको नेतृत्वमा नागरिक सरकार गठन गर्न पनि माग गरेका छन् । ‘जेन जीका मागहरु सम्बोधन गर्न एकपल पनि ढिला गर्नुहुन्न र देशलाई अरु थप क्षति हुनबाट जोगाउनु आवश्यक भइसकेको छ, अब उपरान्त ध्वंशको बाटो सदाका लागि अन्त्य हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

दुवै संस्थाले जेन जीको प्रदर्शनका क्रममा निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामाना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार