विज्ञ पथप्रदर्शक

हिमाल चढाउने, चढ्न सिकाउने अनि हिमाल चढ्नेलाई सुरक्षित अवरतण गर्न सिकाउने

हिमाल चढाउने, चढ्न सिकाउने अनि हिमाल चढ्नेलाई सुरक्षित अवरतण गर्न सिकाउने नेपालको उत्कृष्ट क्षमतावान र औंलामा गन्न सकिने अन्तर्रा्ष्ट्रिय पर्वतीय पथप्रदर्शक मध्ये एक हुनुहुन्छ उहाँ। धेरै लामो मेहनत, अध्ययन, अभ्यास र लगानीले मात्र उक्त पद पाउन आफु सफल भएको उहाँको अनुभव छ ।
हिमाल आरोहणको सिजन शुरु हुनु पूर्व हिमाल चढ्नेलाई बाटो बनाइदिनेमात्र नभएर हिमाल आरोहण सम्बन्धी विभिन्न स्तरका तालिम समेत प्रदान गर्दै आउनुभएको छ उनै विज्ञ अन्तर्रा्ष्ट्रिय पथप्रदर्शक तुलसिं गुरुङले । त्यत्तिमात्र नभएर पर्वतीय क्षेत्रमा भएका विभिन्न दुर्घना र उद्दारमा समेत उहाँको नेतृत्वको टोली सफल भएका छन् ।


तुलसिंको अनुभवमा पर्वतीय पथप्रदर्शकको जिम्मेवारी कम चुनौतीपूर्ण छैन । हेर्दा सहज लाग्ने तर पर्वतीय पथप्रदर्शकको जिम्मेवारीभित्र ठूला चुनौती लुकेका छन् । पर्यटकहरूलाई गन्तव्यसम्म पु¥याएर शकुसल फर्काउन पर्वतीय पथप्रदर्शकले ध्यान दिनुपर्ने कुरा धेरै छन् ।
उनीहरूले गन्तव्यसम्म पुग्ने बाटोदेखि स्थानीय संस्कृति, मौसम, हिमाली हावापानीदेखि धेरै कुरामा पर्याप्त जानकारी हासिल गर्न आवश्यक छ । त्योभन्दा महत्वपूर्ण कुरा भाषामाथि राम्रो दखल हुन आवश्यक छ । यी सबै कुरामा पोख्त जानकारी भएका निक्कै थोरै पर्वतीय पथप्रदर्शकमध्येका हुनुहुन्छ तुलसिं गुरुङ ।

पछिल्लो डेढ दशकयता नेपाली पर्यटन क्षेत्रमा सक्रिय रहँदै आउनुभएका तुलसिं अहिले अन्तर्रा्ष्ट्रिय स्तरमै ख्यातिप्राप्त पर्वतीय पथप्रदर्शक हुनुहुन्छ । उहाँले यसका लागि आवश्यक सम्पूर्ण तालिमसमेत लिनुभएको छ ।
नेपाली पर्वतारोहण तथा पर्वतीय पथप्रदर्शकको क्षेत्रमा क्षमतावान् प्राविधिक तुलसिं आफूले अहिलेसम्म गरेको काममा खुसी व्यक्त गर्नुहुन्छ । उहाँ नियमित कामको शिलसिलामा नेपालका हिमालसँग आफ्नो गहिरो साइनो गाँसिएको अनुभवसमेत सुनाउनुहुन्छ । ‘कामका लागि लामो समय परिवारबाट टाढा रहनुपर्ने हुन्छ । कैयौँ दिन परिवारसँग भेट हँुदैन’, तुलसिं भन्नुहुन्छ, त्यस्तोबेला यही हिमाल हेरेर रमाउने गर्छु । परिवारको माया यही हिमालसँग साटेको छु । जब यो हिमाल र यसको सुन्दरता हेर्छु सबै दुःख हराएर जान्छ ।’

नेपाल पर्वतारोहण संघ (एनएमए)मा पथप्रदर्शक तालिम संयोजकसमेत रहनुभएका तुलसिंले दर्जनौँ पथप्रदर्शक उत्पादन गरिसक्नुभएको छ । उहाँ नेपाली पर्यटन क्षेत्रलाई दिगो रूपमा अघि बढाउन दक्ष पथप्रदर्शकहरूको उत्पादन गर्नुपर्ने तर्क गर्नुहुन्छ ।
यदि सबै कुराको जानकारी भएको दक्ष पथप्रदर्शक उत्पादन गर्न सकिएको अवस्थामा मात्रै हाम्रो पर्यटन क्षेत्र पनि दिगो रूपमा अघि बढ्न सक्छ । दक्ष पथप्रदर्शकले पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याएर फर्काउन सफल हुन्छ । हरेक कुराको जानकारी भएपछि नै उसले ती सबै काम गर्न सक्ने हो’, तुलसिं भन्नुहुन्छ, र यात्रा सहज र सुरक्षित भयो भने मात्रै हामीले पर्यटकको मन जित्ने हो । पर्यटकको संख्या बढ्ने हो । त्यसैले दक्ष पथप्रदर्शक उत्पादनमा विशेष जोड दिन आवश्यक छ ।’

तुलसिं नेपालमा मात्रै नभएर विदेशमा समेत पर्वतीय पथप्रदर्शनको काम गर्दै आइरहनुभएको छ । यो अवसर पाउने थोरै मात्रै नेपालीहरू हुनुहुन्छ । तुलसिं त्यही थोरैमध्येका नेपाली पर्वतीय पथप्रदर्शक हुनुहुन्छ । पर्यटकलाई आरोहणका निमित्त पथप्रदर्शक बन्दा नै धेरैपटक विभिन्न हिमालको आरोहण गर्नुभएका तुलसिं दक्ष पर्वतीय पथप्रदर्शक बन्नका लागि धेरै मेहनत र धैर्यता आवश्यक रहेको बताउनुहुन्छ । दक्ष पर्वतीय पथप्रदर्शक बन्ने हो भने कामका लागि पनि कतै भौँतारिनु नपर्ने तर्क उहाँ गर्नुहुन्छ ।

यदि तपाईं दक्ष पर्वतीय पथप्रदर्शक हुनुहुन्छ भने तपाईंलाई कामको समस्या हुनेछैन । स्वदेशमै प्रशस्तै काम पाउनु हुनेछ,’ तुलसिंह आफ्नो अनुभव सुनाउनुहुन्छ, नेपालबाहिर पनि उत्तिकै अवसर पाउनुहुनेछ ।’ त्यसबाट आर्थिक रूपमा समेत राम्रो कमाइ हुने उहाँको भनाइ छ ।
गोरखाको धार्चे गाउँपालिका ४ लाप्राकमा जन्मनुभएका तुलसिंका आमा, श्रीमती र दुई छोरी छन् । तुलसिं २०५८ सालमा एसएलसी दिएपछि काठमाडौं आउनुभयो । ‘लाहुर जान दुईपटक कोसिस गरेँ, तर सफल हुन सकिनँ । त्यसपछि ट्रेकिङ क्षेत्रमा लागे ।’ उहाँ भन्न्ुहुन्छ, ‘गाउँतिरकै दाजुभाइ यो क्षेत्रमा लागेको देखेर म यहि क्षेत्रमा लागे ।’ सगमाथा आरोही तथा पर्वतीय पथप्रदर्शक स्वर्गीय इमानसिं गुरुङबाट सबैभन्दा बढी प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ ।

पर्यटन क्षेत्रमा सहयोगी गाइड, ट्रेकिङ गाइड हुँदै सन् २०१० मा अन्तर्रा्ष्ट्रिय पथप्रदर्शक बन्न सफल हुनुभयो । क्षमतावान र मेहनती भएकाले सन् २००८ देखि नै तुलसिंले प्रशिक्षकको काम सुरु गरिसक्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार