सुदूरपश्चिमको पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न अपी हिमालको आरोहण गरिने, २० जनाको टोली त्यसतर्फ प्रस्थान

काठमाडौं । सुदूरपश्चिमको पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न दार्चुला जिल्लामा अवस्थित अपी हिमालको आरोहण गरिने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को प्रशिक्षक र प्रशिक्षार्थीहरुको टोलीले उक्त हिमालको आरोहण गर्न लागेका हो ।

उक्त टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले एक विशेष समारोहकाविच विदाई गर्नुभयो । टोलीमा ६ जना प्रशिक्षक र १४ जना प्रशिक्षार्थीहरु समावेश छन् ।

उक्त टोलीले अगष्टको अन्तिमसम्म ल्हायुल पिकमा पेशागत पर्वतीय पथ प्रदर्शकको गृष्मकालिन सिप तालीम सञ्चालन गर्ने छन् । सोही अवधीमा माउण्टेन नेभिगेशन एण्ड क्याम्पिङ तालीम समेत सञ्चालन गरिनेछ । उक्त तालीममा यसअघि नै टे«किङ गाइड तालीम गरेका अपि हिमाल क्षेत्रका व्यक्तीहरुको सहभागीता हुनेछ । यी दुई तालीमहरु समापन भएपछि पेशागत पर्वतीय पथ प्रदर्शक तालीमका सहभागीहरुबाट ७ जना र ६ जना प्रशिक्षकहरु गरी १३ जनाले अपि हिमालको आरोहण गर्ने छन् ।

सगरमाथा आरोही समेत सहभागी हुने यस आरोहणको क्रममा प्रशिक्षक र विद्यार्थीहरुको टोलीले अपी हिमाल आरोहणको सहज बाटो बनाउने लगायत काम गर्ने छ ।
नेपाल सरकारले हालै मात्र सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ हिमाललाई आगामी दुई आर्थिक वर्षका लागि रोयल्टी फ्री गर्ने निर्णय गरेको छ । सरकारको सोही निर्णयलाई सहयोग पु¥याउने गरी नेपाल पर्वतारोहण संघले ल्हायुल पीकमा तालीम सञ्चालन गर्ने तथा अपी हिमालको आरोहणको कार्यक्रम तय गरेको हो ।

एनएमएका तालिम समितिका संयोजक तथा सचिवालय सदस्य राजेन्द्रबहादुर लामाका अनुसार एनएमएले सञ्चालन गरेको माउन्टेन गाइड तालिम अन्तर्गतको ‘समर स्किल’ अन्तर्गत तालिममा सैद्धान्तिकतर्फ पर्वतीय मौसम, आरोहण उपकरण, वातावरण संरक्षण, हिमाल भू–विज्ञान, हिमाली हावापानी, हिमाली जीव तथा वनस्पति, हिमाल सम्पदालगायत विषयमा प्रशिक्षण दिइनेछ ।

त्यस्तै प्रयोगात्मकतर्फ म्याप तथा माउन्टेन नेभिगेसन, लिड रक क्लाइम्बिङ, एङ्करिङ, क्याम्पिङ ÷ बिभोकिङ, ग्ल्यासियर रेस्क्यू सिस्टम, ग्ल्यासियर वाक, पिक क्लाइम्बिङ स्किल, आधारभूत क्यानोनिङ, ग्रीष्मकालीन सुरक्षालगायत प्रशिक्षण रहनेछ । तालिमको सैद्धान्तिक प्रशिक्षण काठमाडौंमा सम्पन्न भइसकको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार