काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पर्यटन क्षेत्रको विकास गर्न सरकार हरतरहले लागि परेको बताउनुभएको छ । साथै, उहाँले पर्यटन क्षेत्रमा लगानी भित्र्याउन र धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माण गर्नका लागि सम्बन्धित सबै क्षेत्रसँग हातेमालो र सहकार्य गर्न सधै तयार रहेको समेत बताउनुभएको छ ।
पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था टे«किङ एजेन्सिस एशोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुदै मन्त्री पौडेलले पर्यटन व्यवसायीहरुलाई यस क्षेत्रको विकासका लागि योजना लिएर आउन समेत आह्वान गर्नुभयो ।
‘पर्यटन प्रवद्र्धन गर्नका निमित्त सरकारले के—के गर्न आवश्यक छ ? आउनुहोस्, सँगै बसेर छलफल गरौं । यस क्षेत्रसँग सम्बन्धित निर्णय र नीति तर्जुमा तपाईहरुसँगै बसेर गर्ने हो’, मन्त्री पौडेलले भन्नुभयो, ‘सरकारलले तपाईहरुसँग बसेर नीति र निर्णय मात्रै गर्ने छैन, तपाईहरुसँग बसेर गरिएका त्यस्ता निर्णय पूरा गर्न पनि सरकारले कुनै कसर बाँकी राख्ने छैन ।’
मन्त्री पौडेलले टानले नेपालको पर्यटन प्रवद्र्धका लागि पु¥याएको योगदानको प्रसंसा गर्नुभयो । आउँदो दिनमा संस्थाको भूमिका अझ प्रभावकारी र शसक्त हुनेछ भन्ने आफुले आशा गरेको पनि उहाँले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले नयाँ गन्तब्य पहिचान, प्रचारप्रसार र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाल चलिरहेका टे«किङ टे«लहरुको संरक्षण र नयाँ टे«ेकिङ टे«लहरुको खोजी गरी प्रवद्र्धन गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
टानका अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रमा सरकारले लगाउँदै आएको कर कटौती गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । नेपालमा पर्यटकलाई दिने सेवामा लाग्ने १३ प्रतिशत शुल्क, ट्रान्सपोर्टेसनमा लाग्ने महंगो भन्सार शुल्कमा सरकारले केहि प्रतिशत छुट दिनसके व्यवसाय सहज बन्ने उहाँको धारणा थियो । नेपालमा पर्यटकको संख्या बढाउन ब्रान्डिङ र कनेक्टिभिटी बढाउनमा जोड दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
टानले आफ्नो ४७औं वार्षिक साधारण सभाको अवसरमा पर्यटन प्रबद्र्धनमा योगदान पु¥याएका विभिन्न संघसंस्था र ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो । यस्तै, टानले पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सम्मान समेत गरेको थियो ।