काठमाडौं । सुरक्षाको कारण देखाउँदैं नागरिक उड्ययन प्राधिकरणले स्वदेश तथा विदेशका लागि तय भएका सम्पूर्ण हवाई उडानहरु अनिश्चित कालका लागि स्थगित गरेको छ ।
जेन जी पुस्ताको आन्दोलन र स्थितीलाई सामान्य बनाउन नेपाली सेनाले देशभर अनिश्चित कालका लागि कफूर्यू आदेश जारी गरेसंगै हवाई तथा सडक यातायात ठप्प भएको हो ।
सेना मुख्यालयले विज्ञप्ती जारी गर्दै अनिश्चित कालका लागि कफूर्यू आदेश जारी गरेको हो । सुरक्षाको कारण देखाउँदैं प्राधिकरणले अर्को सूचना नआएसम्म यात्रुहरुलाई विमानस्थल नजान आग्रह गरेको छ ।