काठमाडौं । जेन—जी आन्दोलनका क्रममा प्रदर्शकारीको आगजनी र तोडफोडका कारण होटल उद्योगमा ठूलो क्षति भएको छ । होटल एशोसिएसन अफ नेपाल हानले दिएको प्रारम्भिक क्षति अनुमान अनुसार होटल उद्योगमा अनुमानित २५ अर्ब रुपैंया बारबरको क्षति भएको छ ।
सोमबारको जेन—जी आन्दोलन पछि मंगलबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको आक्रमणबाट देशभरका होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा उक्त क्षति पुगेको हो ।
हानका अनुसार सबैभन्दा ठूलो क्षति काठमाडौं र पोखराका होटल उद्योगमा भएका छन् । यसैगरी भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबास लगायतका क्षेत्रमा पनि होटल उद्योग पनि प्रभावित भएका छन् । आगजनी र तोडफोडका कारण करिब दुई हजारभन्दा बढी कामदार प्रभावित भएको अनुमान गरिएको छ ।
प्रभावित होटलहरु यस सिजनमा सञ्चालनमा आउन नसक्ने अवस्थामा रहेको हानले जनाएको छ । प्रारम्भिक विवरण अनुसार क्षति भएकामध्ये ६० प्रतिशतले आंशिक क्षतिपुर्ति पाउने संभावना रहेको हानले जनाएको छ ।