
काठमाडौं ः सन्् २०२५ को जुलाई महिनामा कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएको छ । यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो ।
नेपाल पर्यटन बोर्डका अनुसार, सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । जुन महामारी पछिको उच्चतम आगमन हो । यो संख्याले नेपालको पर्यटन संख्यामा उल्लेख्य बृद्दिले विश्वभर फेरि एकपटक लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको संकेत गरको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।
जुलाईमा आगमत भएका पर्यटकमा सबैभन्दा बढी भारतको रहेको छ । भारतबाट मात्रै २७ हजार १ सय ५२ जना पर्यटक नेपाल भित्रिएका छन् । दोस्रोमा रहेको चीनबाट ६ हजार ८ सयभन्दा बढी पर्यटक भित्रिएको छ । यसैगरी क्रमश, अमेरिका, बंगलादेश, बेलायत लगायत देशमा पर्यटक भित्रिएका छन् ।
बोर्डका सीईओ जोशीका अनुसार पछिल्लो समय ‘भिजिट नेपाल दशकअन्तर्गत सञ्चालन भइरहेका प्रवद्र्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटकीय उत्पादनहरूले नेपालमा पर्यटकको आकर्षण बढ्दो छ ।







