काठमाडौं । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले डाक्टर धनन्जय रेग्मीलाई पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीइओ) नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले डाक्टर रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको बोर्ड समिति सदस्य दिपक महतले जानकारी दिनुभयो ।
डाक्टर रेग्मी अब ४ वर्ष पर्यटन बोर्डको नेतृत्वमा रहनुहुनेछ । बोर्डको सिइओ पदका लागि मंसिर १८ मा आवेदन खुला गरिएको थियो । १७ जनाको आवेदन परेको उक्त पदमा ९ जना पहिलो चरणमा छनौट भएका थिए । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका संचालक समिति सदस्य विप्लव पौडेल र कृष्णबहादुर महरा सहितको छनौट समितिले ९ जनामध्ये डाक्टर रेग्मीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
केहि दिन अघि स्थगित बोर्ड बैठक मंगलबार बसेको हो ।