काठमाडौं । अन्नपूर्ण आधार शिबीर क्षेत्रमा हराएका सातमध्ये तीन जना नेपाली रहेको खुलेको छ । बाँकी चारजना कोरियन नागरिक रहेका छन् । तीन जना नेपालीमध्ये एकजना गाईड र दुईजना सहयोगी रहेको बताइएको छ ।
हराइरहेका कोरियन नागरिक नेपालको विभिन्न विद्यालयमा सहयोगका लागि आएको विद्यार्थी र शिक्षक रहेको बताइएको छ । उनीहरु दक्षिण कोरिया छल्ला नाम–दो प्रान्तका नागरिक भएको बताइएको छ ।
शुक्रबारदेखि हराइरहेका नेपाली र कोरियन नागरिकको उद्दारमा हिडेको टोली खराब मौसमका कारण पुग्न सकेका छैनन् । हराइरहेका सात जना हिम पहिरोमा परेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप जानकारी प्राप्त गर्न केहि समय लाग्ने बताइएको छ ।