पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने

काठमाडौं । विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको छ ।

धार्मिक पर्यटनलाई नेपालको धार्मिक पर्यटन गतिविधिका रुपमा स्थापित गर्न पूजा सहयोगी हुने आयोजक नेपाल पर्वतारोहण संघ का अध्यक्ष शन्तवीर लामाले बताउनुभयो । उहाले भन्नुभयो, ‘पूजाले बुद्ध नेपालमै जन्मेको तथ्य स्थापित गर्न योगदान पुग्नेछ ।’

आयोजकका अनुसार, माघ २० गतेदेखि २२ सम्म आयोजना हुने पूजा लुम्बिनीबाट शुरु भइ पोखरा पुग्नेछ । आयोजकका अनुसार शान्तिद्धीप २० गते लुम्बिनीबाट पोखरा लगिनेछ ।

२० गते नै उक्त शान्तिद्धीपलाई पोखरा स्थित ह्याङ्जाको स्याक्या गुम्बामा हस्तान्तरण गरिने कार्यक्रम रहेको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । शान्तिद्धीपलाई २१ गते पोखरा नगर परिक्रमा गराई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालमा हस्तान्तरण गरिने बताइएको छ ।
समापन समारोहमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने बताइएको छ ।

सोही दिन बुद्ध धर्म अनुसार महत्वपूर्ण मानिने लामा मुकुट नाच तथा क्याङ्यूर, तिङ्यूर दुई देखि तीन घण्टासम्म गरिने कार्यक्रम रहेको छ ।

उक्त दिन (फेबु्रअरी ५) मा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको १७ औं स्थापना दिवस पनि भएकाले प्रमुख अतिथी अध्यक्ष दाहालले झन्डोक्तलन गर्नुहुने तथा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट थान्का फहराई विश्व शान्तिको कामना गरिनेछ ।

कार्यतालिका अनुसार अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको १७ औं स्थापना दिवसका अवसरमा केक काट्ने तथा धार्मिक पर्यटनको महत्वारे कार्यपत्र समेत प्रस्तुत गरिने संघले जनाएको छ ।
समापन कार्यक्रममा विश्व शान्ति पूजाको अवसरमा महायोगी विद्याधर श्रीधर राना रेन्पोछेबाट अभिशेष (वाङ थाप्ने) कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार