आइस क्लाइम्बिङ फेस्टिबल शुरु, फेस्टिबलका केहि तस्विरहरु

नेपाल भ्रमण वर्षका लागि नेपाल पर्वतारोहण संघको पहिलो कार्यक्रम


काठमाडौं । मनाङको हुम्देमा दोस्रो आइस क्लाइम्बिङ फेस्टिभल शुरु भएको छ । साहसिक खेल आइस क्लाइम्बिङ नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत नेपाल पर्वतारोहण संघको पहिलो कार्यक्रम रहेको संघले जनाएको छ ।


‘नेपाल भ्रमण वर्ष २०२० को पहिलो कार्यक्रम स्वरुप यो फेस्टिबलको आयोजना गरिएको हो ।’ संघका अध्यक्ष शन्तविर लामाले भन्नुभयो, ‘फेस्टिबलले नेपालमा साहसिक खेल पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वस्त छु ।’


फेबु्रअरी १ देखि १० सम्म सञ्चालन हुने फेस्टिबलमा १४ जनाको सहभागिता रहेको संयोजक तुलसिं गुरुङले जानकारी दिनुभयो । हुम्देको विभिन्न स्थानमा आइस क्लाइम्बिङ, स्की लगायत खेलहरु भइरहेको पनि संयोजक गुरुङले बताउनुभयो ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक र नेपाल पर्वतारोहण प्रशिक्षक संघले प्राविधिक सहयोग गरिरहेको फेस्टिबलमा नेपाल क्लाइम्बिङ टिम सहआयोजक रहेको छ ।

 

आइस क्लाइम्बिङ फेस्टिबलका केहि तस्विरहरुः तस्विर÷ तुलसिं गुरुङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार