जीटीन पश्चिमाञ्लको अध्यक्षमा राम गुरुङ, महासचिवमा अविलास

जीटीन पश्चिमाञ्चल च्याप्टरलाई संगठित बनाउने नव अध्यक्षको पहिलो योजना


काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) पश्चिमाञ्चल च्पाप्टरको अध्यक्षमा राम गुरुङ चुनिनुभएको छ । जीटीनको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले राम गुरुङलाइ अध्यक्षमा चयन गरेको हो ।


पोखरामा बुधबार राती अबेर सम्पन्न अधिवेशसनबाट प्रथम उपाध्यक्षमा किसमकुमारी गुरुङ, द्वितीय उपाध्यक्ष विकास गुरुङ, महासचिवमा अविलास गुरुङ, कोषाध्यक्षमा सीता गुरुङ चयन हुनुभएको छ ।


अधिवेशनले सदस्यहरुमा जुबु गुरुङ, विष्णु गुरुङ, राजेन्द्र गुरुङ, भूपाल गुरुङ, कन्यप्रसाद गुरुङ, मानसिं गुरुङ र अनिल गुरुङलाई चयन गरेको छ । अधिवेशनले दुइ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।


अध्यक्ष चुनिनुभएपछि रामले जीटीनलाई सधैं एक ढिक्का बनाइ पर्यटन प्रवद्र्धनमा लागिपर्ने बताउनुभयो । ‘गण्डकी प्रदेशका गुरुङ व्यवसायीहरुलाई एक ढिक्का बनाउन आवश्यक छ । मेरो प्रयास त्यहि हुनेछ ।’ अध्यक्ष रामले भन्नुभयो, ‘गण्डकी प्रदेशमा सदस्यता वितरण मेरो टिमको पहिलो प्राथमिकता रहनेछ ।’


गुरुङ युवाहरुलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न सचेतना कार्यक्रम गर्ने भविश्यको योजना रहेको समेत रामले सुनाउनुभयो ।
अधिवेशनमा जीटीनका अध्यक्ष अम्बिर गुरुङ, निर्वतमान अध्यक्ष कमला गुरुङ, संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ, संस्थापक महासचिव टिकाराम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनबाट निर्वाचित पदिाधिकरीलाई जीटीन केन्द्रले बधाई तथा कार्यकालको शुभकामना दिएको छ । जीटीन पश्चिमाञ्चल च्याप्टरमा ८५ भन्दा बढि सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार