अमिलो पानी महोत्सव

स्थानीय कला संस्कृति र मौलिक पक्षको प्रवद्र्धन गरिने


अमिलो पानीको विषयमा प्रचार गर्न महोत्सव हुने भएको छ । ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक कार्यक्रम २०७६’ ले अमिलो पानीबारे जानकारी दिनुका साथै स्थानीय कला संस्कृति र मौलिक पक्षको प्रवद्र्धनमा सहयोग पुग्ने आयोजक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ३, साझा भोथाङले जनाएको छ ।


‘विगत ४ वर्षदेखि यस क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धनका लागि अमिलो पानी महोत्सव गर्दै आइरहेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘चैत्र १९ गते हुने महोत्सवले स्थानीय मौलिक कला संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उदेश्यका साथ डम्फू साँस्कृतिक कार्यक्रम समेत जोडेका छौं ।’
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी अमिलो पानीको महत्वबारे जानकारी गराएको थियो । आयोजकका अनुसार पाँचपोखरी थाङपाल गाउँपालिका भोथाङ वडा ३ मा रहेको अमिलो पानीको ऐतिहासिक महत्व रहेको छ । त्यहाँको अमिलो पानी पिउदा स्वास्थ्यलाई फाइदा पुग्ने र विभिन्न रोगहरु न्युनिकरण हुने विश्वास गरिन्छ ।
उक्त अमिलो पानीको तीन पटक ल्याब टेष्ट गरिसकिएको र रिपोर्ट अनुसार अमिलो पानी मानव शरीरलाई फाइदाजनक रहेको पृष्टि गरिसकेको आयोजकको विज्ञप्तिमा उल्लेख छ । चौथो पटक आयोजना गर्न लागिएको महोत्सवमा पाँच लाख बजेट व्यवस्थापन गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार