टान परिश्माञ्चलमा नयाँ नेतृत्व

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलमा नयाँ नेतृत्व चयन भएको छ । टान पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औंधारणसभाबाट सुशिलराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्षमा चयन हुनुभएका पौडेलले अहिलेको परिस्थितीमा पाएको जिम्मेवारी चुनौतिपूर्ण रहेको उल्लेख गर्नुहुँदै आफ्नो नेतृत्वले टानलाई थप उचाइमा पु¥याउने बताउनुभयो ।

 

अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य, सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा विकास गुरुङ, लक्ष्मी कोइराला, दिपक सापकोटा, अनिल थापा, मोहन सुवेदी र गोपाल संग्रौला निर्वाचित भएका छन् । दुई सदस्य पछि मनोनित गरिने बताइएको छ। टान पश्चिमाञ्चलमा १ सय ५९ ट्रेकिङ कम्पनीहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार