तस्विरः आरोहण टोली
नेपाली आरोहीहरुले विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटुको सफल आरोहण गरी कीर्तिमान बनाएका छन् । हिउँदे याममा माउन्ट केटुमा पहिलो पटक सफल आरोहण भएको हो ।
आरोहण टोलीमा मिङ्मा ग्याल्जेन शेर्पा, पेम्बाछिरी शेर्पा, दावा शेर्पा, निर्मल पुर्जा, मिङ्मा डेभिड शेर्पा, ग्याल्जे शेर्पा, सोना शेर्पा, किली पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र पेमछिरी शेर्पा रहेका छन् ।
आठ हजार ६ सय ११ मिटर अग्लो माउण्ट केटु चीन र पाकिस्तानको सीमा काराकोरम क्षेत्रमा पर्दछ । आरोहीहरुले सफल आरोहणपश्चात खुशी व्यक्त गरेका छन् ।
केटुको चुचुरोमा उनीहरुले नेपालको राष्ट्रिय गान गाएका थिए । विश्वमा रहेका आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमालमध्ये माउन्ट केटु मात्र वीन्टर सिजनमा आरोहण नभएको हिमाल थियो । तर, यस पटक नेपाली आरोहीहरुले पहिलो पटक विन्टर सिजनमै माउन्ट केटुको सफल आरोहण गरी इतिहास कायम गरेका छन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तबीर लामाले माउन्ट केटु को पहिलो पटक सफल आरोहण गरी इतिहास रचेका नेपाली आरोहण टोलीलाई बधाई दिनुभएको छ ।