जीटीनको बनभोज र सम्मान कार्यक्रम स्थगित

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जीटीन) ले यही शनिबारका लागि तय गरेको बनभोज र सम्मान कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न थालेका कारण कार्यक्रम स्थगित गर्नुपरेको जीटीनले जनाएको छ ।

जीटीनले बनभोजसहित पछिल्लो समय पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुमा नियुक्त हुनुभएका व्यक्तीहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको थियो । जीटीनले सोही अवसरमा नयाँ वर्ष २०७८ साल भित्ते क्यालेन्डर पनि प्रकाशन गर्ने तयारी गरेको थियो ।

‘पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको जस्तो देखिएको छ । त्यसको सावधानीका लागि पनि अहिलेलाई सबै कार्यक्रम स्थगित गर्नुपरेको छ’, जीटीनका अध्यक्ष अम्बीर गुरुङले भन्नुभयो । जीटीनले बालाजुस्थित २२ धारामा बनभोज, सम्मान र भित्ते क्यालेन्डर प्रकाशन गर्ने तय गरेको थियो ।

जीटीनले बनभोज आयोजना र व्यवस्थापनका लागि कोषाध्यक्ष बिन्दुकुमारी गुरुङको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा सहकोषाध्यक्ष जय गुरुङ र सदस्य महाबीर गुरुङ सदस्य रहनु भएको छ । यस्तै, क्यालेन्डर तयार पार्ने जिम्मेवारी द्धितीय उपाध्यक्ष पिताम्बर गुरुङलाई दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार