चार हिमालबाट १७ हजार केजी फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाई अभियान टोलीले १७ हजार केजी फोहोर संकलन गरेको छ । चारवटा हिमाल (सगरमाथा, ल्होत्से, कञ्चनजंगा, मनास्लु) बाट उक्त फोहोर संकलन गरिएको हो । सेनाको अगुवाइमा चैत्र २२ गतेबाट सञ्चालन गरिएको फोहोर ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत फोहोर संकलन गरिएको हो । जसमध्ये दुइ हजार सात सय केजी सडने फोहोर रहेका छन् ।

हिमाल सफाई अभियानमा गएको टोलीले पहिलो पटक कञ्चनजंगा हिमालको हारोहण गरेको सेनाले जनाएको छ । उनीहरुले सगरमाथा र ल्होत्से क्षेत्रबाट ६ हजार ३६५ केजी, कञ्चनजंगाबाट ६ हजार ६१२ केजी र मनास्लुबाट ४ हजार २३ केजी फोहोर संकलन गरिएको छ । फोहोर सेना र शेर्पा समुदाय मिलेर संकलन गरिएको हो । फोहोर संकलन कार्य जारी रहेको सेनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार