गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) गण्डकी प्रदेशमा नयाँ नेतृत्व

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) गण्डकी प्रदेशले नयाँ नेतृत्व चयन गरेको छ । जीटीन गण्डकी प्रदेशको शनिवार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले किसमकुमारी गुरुङको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले निवर्तमान अध्यक्ष रामबहादुर गुरुङ, प्रथम उपाध्यक्ष सुर्य घले, द्धितीय उपाध्यक्ष विकाश गुरुङ, महासचिव तुल गुरुङ, सचिव गंगा घले, कोषाध्यक्ष भुपाल गुरुङ र सह–कोषाध्यक्ष मिलन गुरुङलाइ चयन गरेको छ । सदस्यहरुमा विष्णु गुरुङ(एकता), राजु गुरुङ, कन्याप्रसाद गुरुङ, जगनराज गुरुङ र यम गुरुङलाई चयन भएका छन् ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रम कास्की जिल्लाको मादी गाउँपालिका २ स्थित पर्यटकीय गाउँ ताङ्गतिङ्गमा सम्पन्न भएको हो ।

जीटीन गण्डकी प्रदेशको साधारणसभा तथा अधिवेशनले जीटीन केन्द्रको आतिथ्यतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । जीटीन केन्द्रबाट केन्द्रीय अध्यक्ष पिताम्बर गुरुङ, प्रथम उपाध्यक्ष बाबुराम गुरुङ, संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ लगायत एक दर्जन पढि केन्द्रीय पदाधिकारी तथा सल्लाहकारहरुको उपस्थिती रहेको थियो ।

नयाँ कार्यसमितिको पहिलो बैठकले बोबरजंग गुरुङ, हर्क गुरुङ र किशम गुरुङलाई सल्लाहकारमा सर्वसम्मत चयन गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार