पर्यटन मजदूर कोष बृद्धिका लागि जीटिनको देउसीभैलो कार्यक्रम सम्पन्न

काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ नेपाल(जीटीन)ले शुभदिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना ग¥यो । पर्यटन मजदूर कोष बृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

‘देउसीभैलो कार्यक्रमको मुख्य उद्देश्य शुभकामना आदानप्रदान तथा पर्यटन मजदूर कोष वृद्दि गर्ने भन्ने नै हो । अध्यक्ष गुरुङले भन्नुभयो, ‘देउसीभैलो कार्यक्रमले मजदूर कोष बृद्धिमा थप सहयोग पुगेको छ । उहाँले भन्नुभयो, ‘पर्यटन मजदूर कोषमा आर्थिक सहयोग गर्नुहुने सबै संघसंस्था तथा ब्यक्तित्वहरुप्रति जीटीनको तर्फबाट धन्यवाद भन्न चाहन्छु ।’

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नेपाल पर्वतारोहण संघ(एनएमए)का सचिव धनबहादुर गुरुङ लगायतले शुभकामना ब्यक्त गर्नुभयो । पर्यटन गाउँ प्रवद्र्धन मञ्च(भिटोफ नेपाल), मगर पर्यटन समाज लगायत विभिन्न संघसंस्थाका विभिन्न व्यक्तित्वहरुले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा दिपावलीको शुभकामना आदानप्रदान, देउसीभैलो, सांस्कृतिक कार्यक्रम, गुरुङ जातिको भेषभूषा झल्कने पोशाक तथा मौलिक खानपानको व्यवस्था गरिएको थियो ।

कात्तिाक २५ गते शनिबार आयोजित देउसीभैलो कार्यक्रम काठमाडौंको ठमेल पकनाजोल स्थित गोकर्ण हाउस एण्ड रेस्टुरेन्टमा आयोजना गरिएको थियो ।

देउसीभैलो कार्यक्रमका केहि तस्विहरुः

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार