नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को नेतृत्वमा फुर गेल्जे शेर्पा विजयी हुनुभएको छ । शेर्पा कुल खसेको मतमध्ये तीन सय ४२ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिव राजेन्द्र लामा, सचिव चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा विजयी हुनुभयो ।

सदस्यहरुमा मुलाल गुरुङ, थुप्तेन शेर्पा, गोकुल थापा, देण्डी शेर्पा, बिक्रम कार्की, रिञ्जे शेर्पा, दिकी शेर्पा, निशा भोटे, देवेन्द्र डंगोल, कुमार धमला र केदार न्यौपाने, विजयी भएका हुन् ।

एनएमएको भदौ ७ गते सम्पन्न निर्वाचनमा फुर गेल्जे शेर्पा समूह र कुलबहादुर गुरुङ समूहबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचन सम्पन्न भएसंगै एनएमएले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व पाएको छ । तस्विर÷सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार