सूदुरपश्मिका हिमालहरुको प्रवद्र्धन गर्न अपि हिमालमा माउन्टेन गाईड तालिम सञ्चालन हुने

काठमाडौं । दार्चुलाको अपि हिमालमा माउन्टेन गाईड तालिम सञ्चालन हुने भएको छ । सूदुरपश्मिका हिमालहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले अपि हिमालमा तालिम सञ्चालन गर्न लागिएको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिनुभयो । तालिमका क्रममा सूदुरपश्चिमका अहिलेसम्म मानव पाईला नटेकेको ल्हायुल पिक (६,३९५ मिटर) आरोहण गराइने पनि अध्यक्ष शेर्पाँले जानकारी दिनुभयो ।

अपि हिमालमा ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ तालिम सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, यूएनडीपी, नेपाल पर्वतारोण संघ (एनएमए) र अपि हिमाल गाउँपालिकाबीच सम्झौता भएको हो । सम्झौताअनुसार काठमाडौं र अपि हिमालमा ३५ दिने माउन्टेन गाइड तालिम सञ्चालन हुनेछ । तालिमपछि प्रशिक्षार्थीले ट्रेकिङ पिकमा माउन्टेन गाइडको काम गर्न सक्नेछ भने अन्य हिमाल आरोहणमा सहायक माउन्टेन गाइडको रुपमा काम गर्न सक्नेछन् ।

एनएमएका तालिम समितिका संयोजक तथा सचिवालय सदस्य राजेन्द्रबहादुर लामाका अनुसार एनएमएले सञ्चालन गरेको माउन्टेन गाइड तालिम अन्तर्गतको ‘समर स्किल’ तालिम हो । जसमा माउन्टेन गाइड तालिम अन्तर्गतको पहिलो चरणको ‘फन्डामेन्टल फर माउन्टेनियरिङ’ तालिम लिएका प्रशिक्षार्थीहरूले सहभागिताका लागि आवेदन दिन पाउनेछन् । तालिमका लागि एनएमएले शुक्रबार आवेदन खुला गरेको छ । इच्छुकले १३ अगस्ट २०२५ सम्म आवेदन दिन पाउनेछन् ।

तालिममा सैद्धान्तिकतर्फ पर्वतीय मौसम, आरोहण उपकरण, वातावरण संरक्षण, हिमाल भू–विज्ञान, हिमाली हावापानी, हिमाली जीव तथा वनस्पति, हिमाल सम्पदालगायत विषयमा प्रशिक्षण दिइनेछ । त्यस्तै प्रयोगात्मकतर्फ म्याप तथा माउन्टेन नेभिगेसन, लिड रक क्लाइम्बिङ, एङ्करिङ, क्याम्पिङ ÷ बिभोकिङ, ग्ल्यासियर रेस्क्यू सिस्टम, ग्ल्यासियर वाक, पिक क्लाइम्बिङ स्किल, आधारभूत क्यानोनिङ, ग्रीष्मकालीन सुरक्षालगायत प्रशिक्षण दिइनेछ । तालिमको सैद्धन्तिक प्रशिक्षण काठमाडौंमा हुने छ भने प्रयोगात्मक प्रशिक्षण अपि हिमाल क्षेत्रमा गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार