मकवानपुरको पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको उपचारको क्रममा मृत्यु भएको छ । सिमभञ्ज्याङ स्थित रिसोर्टमा अचेत भेटिएका उनीहरुको हेलकोप्टबाट काठमाडौं ल्याइए पनि ह्याम्स अस्पतालले उनीहरुलाई मृत घोषित गरेको हो ।
अत्याधिक चिसो भएकाले कोठा तातो बनाउँदा ग्यास हिटर बालेका कारण निसासिएर उनीहरुको मृत्यु भएको आशंका प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा भारतीय पर्यटकहरु ६० वर्षका प्रविनकृष्ण नायर, ३५ वर्षका साक्ष शशि, ३४ वर्षका रञ्जितकुमार टिवी, ३४ वर्षीय इन्द्रलक्ष्मी तथा ९ वर्षकी श्री भद्र, ९ वर्षकै अविनव सोराया, ७ वर्षका अवि नायर र २ वर्षका वैष्णव रञ्जित मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए।