हिमालमा हुने दुर्घटनामा खोज तथा उद्दारबारे प्राविधिक तालिम सम्पन्न

काठमाडौं । हिमाली क्षेत्रमा हुने बिभिन्न दुर्घनामा पर्दा हराइरहेकाहरुको खोज तथा उद्दार गर्न प्राविधिक ज्ञानबारे रेक्को तालिम सञ्चालन गरिएको छ । हिम पहिरो, प्राकृतिक प्रकोप लगायत पर्वतीय क्षेत्रमा हुने दुर्घटनामा परि हराइ रहेकाहरुको खोज तथा उद्दार गर्ने उद्देश्यले आरोही तथा पर्वतीय पथ प्रदर्शकका लागि रेक्को प्रविधिक ज्ञान सम्बन्धी तालिम दिइएको हो ।

तालिम दुर्घटना हुदा खोज तथा उद्दारका लागि प्राविधिक ज्ञान प्रदान गर्नका लागि सञ्चालन गरिएको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । ‘तालिम दुर्घटनामा हराइरहेकाहरुको खोज तथा उद्दारका लागि प्राविधिक ज्ञानका लागि सञ्चालन गरेका हौं’, उहाले भन्नुभयो, ‘यो तालिम जनचेतनाका लागि रेक्को डिभाइस कसरी प्रयोग गर्ने भन्ने विषयमा रहेको छ ।’

अन्तर्राष्ट्रिय स्तरमा रेक्को आरोहण, स्की लगायत गर्न जानेहरुका लागि उपयोगी रहदै आएको छ । नेपाल पर्वतारोहण संघ र रेक्को को संयुक्त आयोजनामा सञ्चालित तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने संघले जनाएको छ ।

संयोजक तुलसिं गुरुङको संयोजकत्वमा सञ्चालन गरिएको तालिममा ९० जनाभन्दा बढीको सहभागीता रहेको थियो । एक दिने तालिममा पचास जना सहभागी आब्हान गरिएपनि तालिम महत्वपूर्ण भएकाले सहभागीको संख्या बढेको संघले जनाएको छ । तालिम यसैसाता काठमाडौंमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार