गोक्योमा आइस हक्की र आइस स्केटिङ सम्पन्न


काठमाडौं । सगरमाथा क्षेत्रको गोक्यो लेकमा शुक्रवार आइस हक्की र आइस स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रसिया, अमेरिका, क्यानडा र भारतका खेलाडी सहभागी थिए ।
आयोजक नेपाल भ्रमण वर्ष २०२० सचिवालयका अनुसार नयाँ खेल पर्यटनको विकासका लागि मैंत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना गरिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोक्यो लेक ४७९० मिटर उचाइमा अवस्थित छ ।


प्रतियोगितामा नेपालस्थित फ्रान्सेली राजदूत फंस्वा जाभिए लेजे, फिनल्यान्डका राजदूत पेर्ति आन्तिनेन्, वल्र्ड बैङ्कका कन्ट्री डाइरेक्टर फेरिस हदाद जर्वोस, टर्कीस् एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टुनकरको समेत सहभागिता रहेको बताइएको छ ।
गाक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरु रहेका छन् । गोक्यो ताल यतिबेला पानी जमेर आइस बनेकाले आइस हक्की र आइस स्टेकिङका लागि उपयुक्त अवस्थामा रुपान्तरण भएका छन् । रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र हिमाली दृश्यावलोकनका लािग आकर्षक गन्तब्य मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार