बोम्बो सम्मेलन सम्पन्न


काठमाडौं । नेपालमा रहेका बोम्बोहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय बोम्बो सम्मेलनमा सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिङ, ओखलढुंगा लगायतबाट सहभागी भएका थिए ।
नेपाल तामाङ बोम्बो संरक्षण समाजद्वारा आयोजित सम्मेलनमा संघीय सांसद कृष्ण राईले घरेलु उपचारको रुपमा बोन्बोको तान्त्रिक प्रयोग भएको उल्लेख गर्नुहुँदैं यस विधिले जीविकोपार्जनमा समेत टेवा पुगेको बताउनुभयो ।


सम्मेलनमा बागमती प्रदेशका सांसद प्रेम तामाङले तामाङ जातिको कला, संस्कृति खोस्ने अभियानमा राज्य लागेको आरोप लगाउनुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले संस्कृति, संस्कारले पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।


शनिबार आयोजित सम्मेलनको उद्देश्य नेपालका बोन्बोहरु एक ढिक्का भइ बोन संस्कृतिको संरक्षण गर्ने रहेको समाजका अध्यक्ष महाराज बम्जनले बताउनुभयो । सम्मेलन काठमाडौंको बौद्ध स्थित बौद्ध बहुमुखी क्याम्पसमा आयोजना गरिएको थियो ।

तस्विर÷ सन्चु ब्लोन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार