पर्वतारोहण संघद्वारा पाँच लाख आर्थिक सहयोग

टुरिजमपाटी । नेपाल पर्वतारोहण संघले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारी कोषमा आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संघले पाँच लाख सहयोग गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंलाई संघका अध्यक्ष शन्तवीर लामाले चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष लामाले मानव जीवनले भोगिरहेको यो नयाँ संकटको सामना गर्न राज्यलाई सहयोग गरेको बताउनुभयो । ‘राज्यले यो संकटबाट आफ्नो नागरिकलाई बचाइराख्न प्रयास गरिरहेको छ । यही प्रयासमा योगदान पु¥याउन हामीले पनि सहयोग गरेका हौं’, अध्यक्ष लामाले भन्नुभयो, ‘यो रकमबाट सरकारले पर्यटन क्षेत्रमा कार्यरत तर कम आए भएकाहरुलाई अझ प्राथमिक्तामा राखेर हेरोस् भन्न चाहन्छु ।’

सहयोग रकम ग्रहण गर्दै सचिव गुरागाईंले सहयोग रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारकै लागि खर्च गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार