मिर्गौला रोगबाट पिडित कर्ण घलेलाई जीटिनको आर्थिक सहयोग

काठमाडौं । पथप्रदर्शक कर्ण घलेलाई गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटिन) ले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । लामो समयसम्म पर्यटन क्षेत्रमा योगदान गर्नुभएका घलेको दुवै मिर्गौलाले काम गर्न छाडेकाले उपचारमा सहयोगार्थ पच्चीस हजार पाँच सय पचपन्न्न रुपैंयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको जीटिन अध्यक्ष अम्बिर गुरुङले जानकारी दिनुभयो ।

यस्तै तमू जातिको संस्था तमूबौद्ध सेवा समितिले बीस हजार रुपैंयाँ आर्थिक सहयोग जीटिनमार्फत हस्तान्तण गरेको निबर्तमान अध्यक्ष कमला गुरुङले जानकारी दिनुभयो ।

ट्रेकिङ गाइड एशोसिएसनका अध्यक्ष समेत रहनु भएका घले पर्यटन क्षेत्रमा दक्ष पथप्रदर्शक तथा ईमान्दार ब्यक्तित्वको छविले चिनिनुहुन्छ । पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका ब्यक्तित्वहरुले पनि घलेको उपचारमा सहयोगार्थ रकम संकलन तथा हस्तान्तरण गर्ने क्रम जारी राखेको छ ।

संखुवासभा स्थाइ घर भएका कर्ण घले लामो समयदेखि काठमाडौंमा बस्दै आउनुभएको छ । उहाँ हाल शिक्षण अस्पताल महाराजगञ्जमा डाइलासिस गराइरहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार