टानको ४७ औं साधारणसभा हुनेः योजना, आर्थिक प्रतिवेदन, अनुमानित बजेट लगायत विषय प्रस्तुत गरिने

कठमाडौं । पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) को ४७ औं वार्षिक साधारणसधा हुने भएको छ । कार्यसमितिको १२ औं पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।
साधारणसधामा वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा योजना, आर्थिक प्रतिवेदन र अनुमानित बजेट प्रस्तुत गरिने टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८२÷०८३ का लागि लेखा परिक्षकको नियुतिm तथा पारिश्रमिक तोक्ने विषयमा छलफल हुने पनि महासचिव शेर्पाले जानकारी दिनुभयो ।

साधारणसभामा विधान तथा विनियमावली संशोधन प्रस्ताव प्रस्तुत गर्ने लगायतको विषयमा पनि निर्णय हुने भएकाले टानका सम्पूर्ण सदस्यहरुलाई उपस्थितीका लागि अनुरोध गरिएको छ । साधारणसभा भदौ १५ गते हुने तय भएको टानले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार