नेपाल पर्वतारोहण संघ होमियो निर्वाचनमाः कति छन् मतदाता?

काठमाडौं । सरकारले व्यवस्थापनको जिम्मा दिएको हिमाल व्यवस्थापन गर्दै आइरहेको एकमात्र संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचनमा होमिएको छ । आगामी नयाँ नेतृत्व चयनका लागि संघ निर्वाचनमा होमिएको हो । हिमाल व्यवस्थापन, गाइड, पोर्टरको हकहित, संस्थागत विकास र व्यवस्थापनको चुनौतीको पहाड चिर्न र यस चुनौतिलाई अवसरमा बदल्न संघले केहि दिनमै नयाँ नेतृत्व पाउने छ ।

नयाँ नेतृत्व चयनका लागि कति छन् मतदाता? जसको मतले संघको नयाँ नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेल्नेछ । संघमा कम्पनी र ब्यक्तिगत गरी दुइ हजारभन्दा बढि सदस्य संख्या रहेपनि संघको विधान अनुसार निर्वाचनमा मतदान गर्न पाउने सदस्य संख्या आठ सय १३ जना रहेको संघले जनाएको छ ।

निर्वाचमा मतदान गर्न पाउने हकमा संघको विधान, २०४७ (पाँचौ संशोधन, २०७६ सहित)को परिच्छेद ३ बमोजिम धारा ११ (७) मा यस्तो उल्लेख छ । ‘‘कुनै सदस्यले संघलाई तिर्न बाँकी सदस्यता शुल्क आर्थिक वर्ष शुरु भएको ६ महिनाभित्र (चालु आ.व. को पौष समान्तभित्र) तोकिएको शुल्क बुझाई सदस्यता नविकरण गर्नुपर्नेछ तर तोकिएको समयभित्र नविकरण नभएको हकमा कार्यसमितिले तोकेको जरिवाना सहित सदस्यता नविकरण गर्न सकिनेछ । तर संघको कार्यसमितिको निर्वाचन हुने साधारण सभामा सहभागी हुन निर्वाचनको मितिभन्दा ६ महिना पूर्व नवीकरण भइसकेको हुनुपर्नेछ ।’’ उल्लेख गरिएको छ ।
संघको विधान अनुसार ६ महिना अघि सदस्यता नविकरण गरेका कम्पनी वा सदस्यहरुले मतदान गर्न पाउनेछन् । तोकिएको समयमा नवीकरण नभएका सदस्यहरुले कार्यसमितिले तोकेको जरिवाना सहित सदस्यता नविकरण गर्न सक्छन् तर संघको निर्वाचनको मितिभन्दा ६ महिना पूर्व नविकरण भइसकेको हुनुपर्ने विधानमा उल्लेख छ । विधानको धारा अनुसार हाल नविकरण भइरहका सदस्यहरुले मतदान गर्न नपाउने पक्का छ । संघको सचिवालयले यस अघि नै सूचना प्रकाशन गरी उक्त कुरा स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार