पर्वतीय पर्यटनमा निखारिएका राजेन्द्र लामा

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को आसन्न निर्वाचनमा एक अब्बल व्यक्तित्व राजेन्द्र लामा महासचिव पदका उम्मेद्वार हुनुहुन्छ । पर्वतीय पर्यटनमा निखारिएका व्यक्तित्वको परिचयले चिनिनुहुन्छ राजेन्द्र लामा । दुई दशक लामो पर्यटन अनुभव बटुलिसक्नु भएका लामाको विषेशता भनेकै पर्वतीय पर्यटनमा गहकिलो निर्णय र उत्कृष्ट कार्यशैली भएका विरलै व्यक्तित्वमध्ये पर्नुहुन्छ ।

उहाँकै सक्रीयता र क्षमता कै कारण एनएमएमा तालिम सम्बन्धी नयाँ पाठ्यक्रम निर्माण देखि एनएमएको वर्षौदेखि रोकिएका पर्वतारोहण सम्बन्धी तालिमहरु सुचारु गर्न लामाले महत्वपूर्ण निर्वाह गर्नुभएको छ । संघलाई सरकारी निकाय र अन्य दातृ निकाय, संघसंस्थासंग समन्वय सम्बन्ध विस्तार गर्नमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

काम गर्न कै लागि महासचिव जस्तो गरिमामय पदमा आफ्नो उम्मेद्वारी अपरिहार्य रहेको लामाले बताउनुभयो । ‘मेरो उम्मेद्वारी पदभन्दा पनि पदीय भूमिकामा केन्द्रित हुनेछ । मलाई नेतृत्वदायि भूमिका निर्वाह गर्ने मौका दिनुहोस, म मेरो खारिएको कार्यशैली र निर्णायक क्षमताले यहाँहरुलाई साथ दिनेछु ।’ उहाँले भन्नुभयो, ‘म मेरो पदीय जिम्मेवारी हर हालमा निर्वाह गर्नेछु ।’

एनएमएमा एक कार्यकाल सचिवालय सदस्यको जिम्मेवारी निर्वाह गरिसक्नुभएका लामा हाल नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य समेत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार