काठमाडौं । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले नयाँ पर्यटकीय पदमार्गको औचारिक शुरुवात गर्ने भएको छ । बिगत लामो समयदेखि पर्यटन क्षेत्रको बिकास केन्द्रित खोज अनुसन्धान गर्दै आएको माप्यदुधकोशीर्ले एभरेष्ट–दुधकोशी कल्चरल ट्रेल’ को औपचारिक शुरुवात गर्न लागेको हो ।
नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को सहकार्यमा सञ्चालित जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन (क्त्ीच्ए) को आर्थिक सहयोगमा पालिकाले पाँचदेखि नौ दिनसम्मको पर्यटकीय पदमार्गको शुरुवात गर्न लागेको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो ।
अध्यक्ष राईका अनुुसार भदौ १६ गते सोमबार काठमाण्डौ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा कार्यक्रम आयोजना गरी एभरेष्ट–दुधकोशी कल्चरल ट्रेलको औचारिक शुरुवात हुनेछ । यस पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य अग्ला हिमश्रृखंला, प्राकृतिक तथा साँस्कृतिक सम्पदा, पहाडी तथा हिमाली गाउँघर, त्यहाँको रहनसहन, गुराँसको मनमोहक दृश्य सहित पदमार्गको आनन्द लिन सकिने छ ।
रक क्लाईम्बिङका लागि प्रचुर सम्भावना रहेको सो पालिकाले बिगतमा पनि यसै पदमार्गलाई प्रबद्र्धन गर्ने उद्धेश्यले म्याराथन, प्रबद्र्धनात्मक तथा प्रचारात्मक कार्यक्रम, रक क्लाईम्बिङको सम्भावना अध्ययन सहित क्लाईम्बिङ अभ्यास लगायतका कार्य गर्दै आएको अध्यक्ष राईले जानकारी दिनुभयो ।