काठमाडौं । सामाजिक अभियन्ता विना गुरुङ यतिबेला चुनावी दौडमा हुनुहुन्छ । गाउँगाउँसम्म पुगेर मतदातासंग प्रत्यक्ष साक्षात्कार गरिरहनुभएकी विना राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फको उम्मेद्वार बन्नुभएको छ । कास्की क्षेत्र नम्बर ३ की उम्मेद्वार विनाले मतदातासामु आफ्नो पृष्ठभूमी राजनीति नभएपनि अब राजनीतिबाटै जनताको सेवामा समर्पित हुने बताउनुभएको छ ।
‘एउटा ब्यक्ति र एउटा सानो संस्थाले मात्र काम गरेर हुँदैन रहेछ । नीतिगत तहमा काम गर्न सक्यो भने मात्रै थप अर्थपूर्ण समाजसेवा गर्न सकिदों रहेछ भन्ने सोंचले म राजनीतिमा आएको हुँ । राजनीतिका नेताले जस्तो मिठो र स्पष्ट बोल्न मेरो अभ्यास छैन । तर यसको मतलब यो होइन की मैले केहि पनि बुझेको छैन, केहि पनि गर्न सक्दिन ।’ उहाँले भन्नुभयो, ‘आज म यहाँ आइपुग्दासम्म एउटा व्ययवसायी पनि हु, उद्यमी पनि हुँ र समाजसेवी पनि हु ।’ काँधमा जिम्मेवारी र आत्मामा निस्वार्थ भावना छ र म गर्न सक्छु भनेर नै आज यहाँसम्म आएको छु ।’
मतदातासंगको साक्षात्कारमा रास्वपा उम्मेद्वार बिनाले आफुलाई मत दिएर विजय गाराउन अपिल गर्दै नीति निर्माण तहमा आफु पुग्न सके जनताको सेवामा निस्वार्थ भावनाले सेवा गर्न समर्पित भएर काम गर्ने बाचा गर्नुभयो । देशमा दुइ सयभन्दा बढी उद्योग कारखाना बन्द रहेको अवस्थामा छ, रोजगारीको अभावले युवाहरु विदेशिन बाध्य छन् । यस्तो अवस्थामा हामीले सुशासनमा हुने भ्रष्टचारलाई रोक्ने र युवालाई आफ्नै देशमा रोक्नका लागि र रोजगारी सिर्जना गर्नका लागि नेताहरुले सच्चा राजनीति गर्नुपर्ने र जवाफदेही बन्नुपर्छ भन्ने परिवर्तनका लागि मेरो उपस्थिती हो ।
हिजाको दिनमा विभिन्न राजनीतिक दललाई भोट हालेर आफ्नो मतको उपयोग गर्दै आएपनि आजको अवस्थाले गर्दा आफुले पनि देशमा परिवर्तन र शुसासनका लागि एउटा ईटा बनेर थपिनुपर्ने र आफ्नो ठाउँबाट आवाज बुलन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गाउँगाउँसम्मको यात्रामा उहाँले पिडादायी जीवन र संघर्ष गर्नेहरुको ब्यथालाई नजिकबाट बुझ्ने र महसुस गर्ने मौका पाएको बताउनुभयो । जीवनमा धन सम्पत्तीभन्दा पनि मान्छेले आत्मियता, आफन्त र सुखदुखमा साथ दिने परिवार र सधैं साथमा सन्तान र हासिखुशी सरल जीवन बाँच्न चाँहेको व्यथाले आफुलाई पिडा बोध भएको पनि उहाँले सुनाउनुभयो । दैनिकजसो विदेशिने युवाहरुको लर्कोले आमाबुवाको साथ त छुटेको छ नै संगैं सहारा चाहिने बेलाको बाबा—आमाको काँधमा जिम्मेवारी थपिएको देख्दा यो देशका लागि केहि गर्नुपर्छ भन्ने इच्छा र चाहनाले आफु राजनीतिमा होमिएको उहाँले बताउनुभयो ।
समाजसेवाको क्रममा कतिजनाले आफ्नो हात समाएर रोएको र कतिजनाको हात समाएर आफुले पनि उहाँहरुको पिडालाई बुझ्ने कोशिस गरेको अनुभव उहाँसंग छ । कास्की क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फमा उम्मेद्वारी दिनुभएकी विना यतिबेला मतदातासंग घरदलो कार्यक्रममा आफुलाई मत दिन अपिल गर्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, ’तपाईहरुको सेवामा समर्पित भएर सेवा गर्ने अवसर दिने मौका तपाईहरुको हातमा आएको छ । यो मौका मलाई दिनुहोस काम गरेर देखाउने प्रतिवद्धता म गर्दछु ।’ उहाँले भन्नुभयो, ‘तपाईंहरुको सेवामा मेरो पाईला निरन्तर अघि बढ्ने छ ।’ देशभरिका निर्वाचन क्षेत्रहरुमा यहि फागुन २१ गते संसदीय निर्वाचन हुने मिति तय भएको छ ।










