हरेक नागरिकसंग दुखसुख बाँड्दै, साथसहयोग र सहकार्य गर्दै आउनुभएको एउटा समाजसेवीको नाम हो विना गुरुङ । कास्की जिल्लामा आफ्नो असल छवि र मानवीय सेवामा सधैं समर्पित एउटा समाजसेवी नाम हो विना गुरुङ । उहाँको कर्मले कास्कीमा धेरैको मनमा बस्न सफल विना यतिबेला जनताको घरदैलोमा मत माग्दै हुनुहुन्छ । उहाँको समाजसेवाको कर्मले उदाहरणीय कारण पनि उहाँलाई मत दिने एउटा बलियो आधार हो ।
मानवता र समाजसेवाभाव हराउँदै गइरहेको स्वार्थसहितको समाजभन्दा माथी उठेर विरलै भेटिने समाजसेवीमध्येको अग्रणी नाम हो विना । हरेक घरको बुवाआमाको दुखलाई नजिकबाट नियाल्नुभएकी विनासंग हरेक परिवार, गाउँ र समाजको पिडा, समस्यालाई अझ नजिकवाट बुझ्नुभएको छ । यतिबेला उहाँको हरेक शब्दमा स्वच्छ सपना, सेवाभाव र देशको नेतृत्व तहमा पुगेर केहि गर्छु भन्ने आत्म विश्वास र दृढता नै उहाँलाई मत दिने आधार हो ।
नैतिक भ्रष्टाचार न्यूनिकरण, गाउँका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न नीतिगत तहमै आफ्नो प्रयास गर्ने उहाँले बताउँदै आउनुभएको छ । चिल्लो भाषण र धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने विनाको प्रतिबद्धता उहाँको समाजसेवाबाटै देखिसकिएकोले उहाँलाई निर्धक्क मत दिन कास्कीबासीलाई उहाँको आग्रह छ । ॅएक पटक विश्वास गरेर माया दिनुहोस तपाईको माया र विश्वासलाई मर्न दिने छैन काम गरेर देखाउनेछु ।’ उहाँले भन्नुभयो, ॅविजयी हुन्छु भन्ने विश्वास छ र मेरो उम्मेद्वारी जितका लागि मात्र नभएर जनताको सेवाको लागि हो र मलाई जिताउनुस भनेर मेरो क्षेत्रको सबै नागरिकमा अनुरोध गर्दछु ।’
एक पटक मत दिनै पर्ने व्यक्तित्व विना राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की क्षेत्र नम्बर तीनकी प्रत्यक्ष तर्फको उम्मेद्वार हुनुहुन्छ । उम्मेद्वारले देशको लागि जवाफदेहि हुनुपर्नेमा जोड दिर्दै आफुलाई एक पटक काम गर्ने अवसर दिन आम नागरिकलाई विनाले अनुरोध गनुभएको छ ।











