काठमाडौं । शेर्पा पर्यटन व्यवसायीहरुको छाता संस्था एस्टिनमा नयाँ नेतृत्व चयन भएको छ । एस्टिनको अध्यक्षमा पासाङ शेर्पा निर्विरोध चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा, प्रथम उपाध्यक्ष चेङ्घा छिरिङ शेर्पा, द्वितीय उपाध्यक्ष थुप्तेन शेर्पा, महिला उपाध्यक्ष छोकी शेर्पा र महासचिवमा सोनाम याङ्जी शेर्पा चयन हुनुभएको छ ।
यसैगरी सह—सचिवमा छोकी शेर्पा, कोषाध्यक्ष गेलु शेर्पा, सह—कोषाध्यक्ष दाबुटी शेर्पा चयन हुनुभएको एस्टिनले जनाएको छ । सदस्यहरुमा कुङ्गा शेपा, वाङ्दा शेर्पा, आङदावा शेर्पा, कामी शेर्पा, नुर्बु छिरिङ शेर्पा र लाक्पा याङ्जी शेर्पा चयन हुनुभएको छ ।