काम गर्ने मौका दिन कास्कीका मतदातालाई विनाको बाचापत्रसहितको आग्रह

सबैलाई हेर्‍यौं पटकपटक, हामीलाई हेर्नुस एक पटक भन्ने नारा लिएर मतदातासामु मत माग्दै प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ विना गुरुङ । कास्की क्षेत्र नम्बर ३ का मतदातालई मत माग्ने क्रममा विनाले आफुलाई माया गरिदिन र भोट हालेर काम गर्ने मौका दिन आग्रह गर्नुभएको छ । देश परिवर्तनका लागि मत परिवर्तन भन्ने नारा लिएर गाउँगाउँको घरदैलोमा विनाले आफुलाई मत दिन आग्रह गरिरहनुभएको छ ।

कास्की, स्याङ्जा, लमजुङ, गोरखा, सिन्धुपाल्चोक जिल्लाका दुर्गम गाउँहरुमा पुगेर आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा योगदान गर्दै आउनुभएकी विनाले नीतिगत तहमा काम गर्ने मौका माग्न नागरिकको घरदैलो पुगेको बताउनुभयो । ॅकाम गर्ने मौका दिने नागरिकको हातमा छ । नागरिकको मतलाई विश्वासमा बदलेर नीतिगत तहमै आम नागरिकको पक्षमा न्यायका लागि काम गर्ने म विश्वास दिलाउन चाहन्छु ।’ उहाँले भन्नुभयो ।

विगत लामो समयदेखि विभिन्न राजनीतिक दलको नेतृत्वमा राज्य सञ्चालनमा चरम लापरवाहीले नागरिकमा निराशा र असन्तुष्टीले बितृष्णा भरिएकाले अब काम गर्ने मौका दिन कास्की ३ का मतदातालाई विनाको आग्रह छ । महिला र बालबालिकाको क्षेत्रमा नीतिनिर्माण तहमै आफुले पहल गर्ने पनि मतदाता समक्ष उहाँले वाचा गर्नुभयो ।

आफ्‌नो वाचापत्र मार्फत विनाले कास्की पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रवद्र्धनका लागि अन्नपुर्ण हिमालय रेन्ज, यससंग जोडिएका पदमार्ग, फेवाताल पञ्चासे लगायतका धार्मिक स्थल, साहसिक खेल, होमस्टे, गाउँसंग जोडिएका एग्रो टुरिजमको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापन, स्थानीयलाई स्वरोजगार, विभिन्न जातजातिको संस्कृतिको संरक्षण लगायतका क्षेत्रमा नीतिगत तहमै आवाज उठाउने र काम गर्ने बताउनुभएको छ । विनाले आफ्‌नो बाचापत्रमा उल्लेख गरिएका हरेक बुँदामा आफुले काम गर्ने बाचा गर्दै मतदातासमक्ष मत माग्नुभएको छ । देशभर फागुन २१ गते निर्वाचन हुने तय भएको छ । विनाका वाचाहरु वाचापत्रमा उल्लेख भएका बुँदाहरु तल प्रस्तुत गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार