जिटिन अध्यक्षमा बाबुराम गुरुङ चयन

काठमाडौं । देशै भरको गुरुङ पर्यटन व्यवसायीहरुको राष्ट्रिय नेतृत्वदायी संस्था गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) को अध्यक्षमा बाबुराम गुरुङ चयन हुनुभएको छ । बिहीबार काठमाडौंमा भएको १४औं वाार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले आगामी तीन वर्षका लागि जिटिनको नयाँ कार्यसमिति चयन गरेको हो ।

जिटिनको वरिष्ठ उपाध्यक्षमा विन्दुमाया गुरुङ, द्वितीय उपाध्यक्षमा डिलबहादुर गुरुङ, महासचिवमा संञ्जिव गुरुङ, सचिवमा विकास गुरुङ, कोषाध्यक्षमा अम्बिर गुरुङ र सहकोषाध्यक्षमा महाबिर गुरुङ चयन हुनु भएको छ । यस्तै, धनबहादुर गुरुङ, राजु गुरुङ, हरि बहादुर गुरुङ, संजिव गुरुङ, भिमबहादुर गुरुङ, निर्मल गुरुङ र दुर्गा गुरुङ सदस्यको रुपमा चयन हुनुभएको छ ।

पूर्वअध्यक्ष कमला गुरुङको संयोजकत्वमा गठित निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको हो । सपथग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष बाबुराम गुरुङले जिटिन र नेपाली पर्यटन क्षेत्रकै विकासका लागि आफ्नो कार्यसमितिलाई सहयोग गर्न आग्रह गर्नुभयो । ‘हामी एक्लै अगाडि बढेर हुँदैन । संस्था अध्यक्ष एक्लैले चलाउन सक्ने पनि हैन, जिटिनलाई नेपाली पर्यटनलाई महत्वपूर्ण योगदान पु¥याउने संस्थाको रुपमा विकास गर्न जरुरी छ र त्यसका लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा गरेको छु’, उहाँले भन्नुभयो ।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथी प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय कार्यबाहक अध्यक्ष जुद्धबहादुर गुरुङले उहाँले नेतृत्व गरिरहनुभएको बित्त आयोगले नेपाली पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अजेटको अभाव नहुने गरी हिमालबाट उठेको रोयल्टी बाडफाँडको सिफारिस गरेको उल्लेख गर्नुभयो ।

‘बित्त आयोगको सिफारिसमा हिमालबाट सङ्कलन भएको राजश्व केन्द्र, प्रदेशदेखि स्थानिय तहसम्म वितरण हुने गरेको छ’, उहाँले भन्नुभयो, ‘तपाईहरुले यसलाई पछ्याउँनु भयो भने गुरुङ सम्पदा मार्ग लगायत नेपालको अन्य पर्यटकीय गन्तव्यहरु र समग्र नेपाली पर्यटन क्षेत्रको विकासका लागि तपाईहरुलाई बजेटको अभाव हुने छैन ।’

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले शुभकामना मन्तब्यकै क्रमममा ‘जीटिन पर्यटन मजदुर कोष’ का लागि पचार हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । अध्यक्ष शेर्पाले पर्वतीय पर्यटन र पदयात्रा पर्यटनमा जीटिनले पु¥याएको योगदानको प्रशंसा समेत गर्नुभयो । ‘जुन कुरा राज्यले गर्न सकिरहेको छैन त्यो काम जिटिनले गरेको छ’, उहाँले भन्नुभयो, ‘राज्यका निकायहरुमा आएका र भएका व्यक्तिहरुबाट कामभन्दा बढी कुरा भएको छ । यो देशको पर्यटनको अवस्था अहिले जे छ यो सबै तपाई हाम्रो देनले र इमान्दारिताले खटेर भएको हो ।’

टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल(टान) का महासचिव सोनाम ग्याल्जेन शेर्पाले जिटिनले जस्तै अरु संस्थाहरुले पनि पर्यटन क्षेत्रम योगदान र निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जिटिनले अन्वेषण गरेको गुरुङ सम्पदा मार्गबारे खुलेर प्रशंसा गर्नुभयो ।

 

‘जनजाति पर्यटन व्यवसायीहरुको सहकार्यमा आदिवासी÷जनजाति पर्यटन सर्किटलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्न सके धेरै राम्रो हुने थियो । नेपालको पवित्र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा एकजुट भएर लाग्नु हामी सबैको कर्तब्य हो । यसले जिटिन लगायत संस्थाहरुको मान्यता र आश्यकता पनि बढ्ने छ’, उहाँले भन्नुभयो ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष्य धनमान गुरुङले गुरुङ सम्पदा मार्ग र यसको ईतिहासबारे आफ्नो पनि चासो र सरोकार रहेको बताउनुभयो । जिटिनले अन्वेशण गरेको ‘गुरुङ सम्पदा मार्ग‘ को प्रवद्र्धनमा संस्थाको तर्फबाट गर्न सकिने हरेक साथ र सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभयो ।

जिटिनका संस्थापक अध्यक्ष तथा सल्लाहकार कुलबहादुर गुरुङले जिटिनले हालसम्म गरेको गुरुङ सम्पदा मार्ग अन्वेषण, कोभिड पिडितलाई राहत वितरण, भूकम्प पीडितलाई राहत वितरण, ज्यान गुमाएका पर्यटन मजदुरका आफन्तलाई आर्थिक सहयोग लगायतका महत्वपूर्ण कामको चर्चा गर्नुभयो । सो अवसरमा जिटिनले नेपाली पर्यटनका विविध विषयहरु, विचार र व्यक्तित्वलाई समेटेर आफ्नो स्मारिका ‘पर्यटनमा गुरुङ’ को दोस्रो अंकको पनि लोकार्पण गरेको छ । संस्थापक अध्यक्ष गुरुङले उक्त स्मारिका नेपाली पर्यटन क्षेत्रको एक महत्वपूर्ण दस्तावेजको रुपमा आएको उल्लेख गर्नुभयो ।

सो अवसरमा संस्थापक अध्यक्ष गुरुङ जिटिनले नेपालकै एक बहुआयामिक व्यक्तित्व डा. हर्क गुरुङको नाममा स्थापना गरेको १० हजार राषिसहितको ‘हर्क गुरुङ पुरस्कार‘ बाट समेत सम्मानित हुनु भयो । उहाँले उक्त रकम जिटिनलाई जिटिन मजदुर कोषमा समाबेश गर्ने गरी हस्तान्तरण गर्नुभयो ।

नेपाल मगर पर्यटन समाजका अध्यक्ष जीवन थापामगरले नेपालमा दिगो पर्यटन र संरक्षणमा पर्यटनका संघसंस्थाहरुले निरन्तर नेतृत्व गरिरहने बताउनुभयो । जिटिनले शुरुवात गरेको ‘गुरुङ सम्पदा मार्ग’ को प्रवद्र्धनबारेमा प्रशंसा गर्नुहुदै अध्यक्ष थापाले जीटिनमा आउने नयाँ नेतृत्वलाई शुभकामना समेत दिनुभयो ।

जिटिन गण्डकीका अध्यक्ष किसम कुमारी गुरुङले जीटिनको कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘जीटिनले अन्वेषण गरेको ‘गुरुङ सम्पदा मागर्‘ अन्वेषणको प्रतिवेदन तथा फोटो प्रदर्शन, वार्षिक साधारणसभा, अधिवेशन, ‘पर्यटनमा गुरुङ’ स्मारिका प्रकाशन लगायत धेरै कुराहरुले यो कार्यक्रम अति महत्वपुर्ण बनाएको छ’, उहाँले भन्नुभयो, ‘जिटिनले अन्वेषण गरेको गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नु पर्दछ ।’

जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले ‘गुरुङ सम्पदा मार्ग’को सान्दर्भिकता बारे प्रस्ट पार्नुभएको थियो । ‘गुरुङ सम्पदा मार्ग’ को सपना अध्ययन र प्रवद्र्धन गर्ने नेतृत्व जिटिन र यसको गण्डकी च्याप्टर हो । गुरुङ समुदायको पुर्खा हिडेको यो सम्पदा मार्गमा गुरुङ समुदायको संस्कृतिकको छुट्टै विशेषता छ । यो मार्गको प्रवद्र्धनले यी गुरुङ समुदाय र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान त पु¥याउने नै छ,’ उहाँले भन्नुभयो, ‘यद्यपि, यो गुरुङ समुदायको मात्रै पेवा भने हैन । यो मार्गको प्रवद्र्धनमा अन्य समुदायको व्यक्तीहरुको पनि चासो रहदै आइरहेको छ । र यसले सबैलाई फाइदा पुग्ने छ ।’


निवर्तमान हुनुअघि अध्यक्ष पिताम्बर गुरुङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्नुभयो । ‘मेरो कार्यकालमा भएको स्मारिका प्रकाशनमा खटिने सबै सदस्यहरु, ‘गुरुङ सम्पदा मार्ग’ को अन्वेषण तथा प्रवद्र्धनमा सहकार्य गर्ने टिम र विभिन्न गतिविधहरुमा मलाई साथ दिने सबैप्रति आभार ब्यक्त गर्दछु’, उहाँले भन्नुभयो ।

जिटिनले आफ्नो १४औं वार्षिक साधारण सभा एवं पाँचौ महाधिवेशनको उपलब्धमा पत्रकारिताको माध्यमबाट जिटिन र समग्र नेपाली पर्यटन क्षेत्रलाई नै योगदान पु¥याउनुहुने वरिष्ठ सञ्चारकर्मीहरु अनिता गुरुङ र अमृत भादगाउँलेलाई आर्थिक पुरस्कारसहित सम्मान गरेको थियो । ’गुरुङ सम्पदा पदमार्ग‘ अन्वेषणमा योगदान पु¥याउनु भएकोमा वरिष्ठ सञ्चारकर्मी खिम घलेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जीटिन गण्डकीका नवनिर्वाचित अध्यक्ष किसम कुमारी गुरुङ तथा कार्यसमितिलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा जिटिनले संस्थाका लागि योगदान पु¥याउनुहुने अन्य व्यक्तित्वहरु, कार्यसमितिका सक्रिय सदस्यहरु, विज्ञापन दाता र आजिवन सदस्यहरुलाई समेत सम्मान र प्रमाणपत्र वितरण गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार