‘पर्यटन क्षेत्रमा दैनिक समस्या थपिंदो , तर बोल्दैन नियमनकारी निकाय’

पर्यटन ब्यवसायीहरूले स्थानीय तहले पछिल्लो समय आफूखुसी शुल्क उठाउने तथा होटलहरूले समेत मनोमानी रुपमा मुल्य बृद्धि गर्ने गरेको आरोप लगाएका छन् । नियमनकारी निकायले समेत उचित ध्यान दिन नसक्दा ब्यवसायीहरू थप मारमा परेको उनीहरुको भनाई छ ।
टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले नेपाल पर्यटन बोर्ड, पर्यटन बिभाग, मन्त्रालय लगायत सम्बन्धित निकायले यस बिषयमा गम्भिर भएर काम नगर्दा ब्यवसायीहरू दैनिक पेलिदै गएको बताउनुभयो ।

‘पदयात्रा व्यवसायमा दिनप्रतिदिन थुप्रै चुनौतीहरु थपिदै गएका छन् । तर पर्यटन बोर्ड, पर्यटन विभाग, मन्त्रालय जस्ता मुख्य निकायहरू मुकदर्शन बन्दा ब्यवसायीहरूमाथी समस्या दैनिक थपिदै गएको छ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘भैहाल्छ मात्रै भन्ने तर कहिंकतैबाट ठोस नीति र तीनको कार्यान्वयन हुन सकेन ।’
उहाँले नियमनकारी निकायको वेवास्ता र लापरवाहीकै कारण पर्यटन व्यवसायमा समस्या थपिर्दै गएको आरोप लगाउनु भयो । पर्यटन क्षेत्रमा देखिएका चुनौतीका विषयमा बृहत छलफल गर्न मंगलबार राजधानीमा आयोजना गरिएको विशेष भेलाका सहभागी ब्यवसायीहरूले सम्बन्धित नियमनकारी निकायहरूले आफूहरूको समस्यामा ध्यान नदिए आन्दोलन नै गर्ने चेतावनी समेत दिएका छन् ।

उनीहरूले गाउँपालिकाले पर्यटकलाई लिन थालेको शुल्कले टिम्स कार्यान्वयन गर्न मुस्किल भएको अनुभव सुनाएका थिए । तालिम लिएर लाइसेन्स प्राप्त गाईडलाई सगरमाथा राष्ट्रिय निकुञ्जले प्रतिगाईड १५ सय रुपैंया लिएर लाईसेन्स दिने गरेको भन्दै पर्यटन मजदूरहरुले त्यस प्रति खेद प्रकट गरेका छन् ।
तालिम लिएर लाईसेन्स प्राप्त भएपनि निकुञ्जले प्रवेश गर्ने बेलामा छुट्टै लाईसेन्स दिने व्यवस्था गरेको छ । उक्त लाइसेन्स बाफत लिने रकम खारेज गर्न टानले पर्यटन बोर्ड, पर्यटन विभाग र मन्त्रलायसंग माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार