टुरिज्मपाटी । कोरोना भाइरस महामरीका कारण सरकारले गरेको लक डाउनको अवधिमा समस्यामा परे आफ्नो जिल्ला बासीलाई सहयोग गर्ने सोलुखुम्बुका पर्यटन व्यवसायी प्रकाशसिं कार्कीले घोषणा गर्नुभएको छ ।। उहाँले जिल्लाभित्र वा बाहिर कतैपनि समस्यामा परेका सोलुखुम्बुबासीलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
‘जिल्ला भित्रै रहनु भएका वा जिल्लाबाहिर रहनु भएका विद्यार्थी, श्रमजीवी तथा बिपन्न बर्गलाइ लक डाउनको अवधिमा समस्या परेको अवस्थामा हामी सहयोग गर्न तयार छौं’ उहाँले भन्नुभयो, ‘समस्या परेको अवस्थामा हामीलाई सम्पर्क गर्नुहोला ।’
त्यसका लागि ९८५१०२०४९३, ९८१३७६३०३३, ९८६२८४८४८३ वा ९८०३५५२८७५ मा सम्पर्क गर्न पनि कार्कीले अनुरोध गर्नुभएको छ । पर्यटन व्यवसायी कार्कीले कारोना भाइरसको महामारी विश्वभर फैलिरहेको अवस्थामा आफू सुरक्षित रहन घरबाट ननिस्कन र घरमा पनि सावधानी अपनाउन अनुरोधसमेत गर्नुभएको छ ।