नेपाल पर्वतारोहण संघको नेतृत्वमा कुलबहादुर गुरुङ समूह र फुरगेल्जे शेर्पा समूहको उम्मेद्वारी दर्ता

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी नेतृत्वका लागि कुलबहादुर गुरुङ समूह र फुरगेल्जे शेर्पा समूहले उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता भएसंगै संघको नेतृत्वमा कुलबहादुर गुरुङ र फुर गेल्जे शेर्पाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

उम्मेद्वारी दर्ता गराएपश्चात अध्यक्षका उम्मेद्वारा कुलबहादुर गुरुङले शसक्त संघ र दिगो पर्वतीय पर्यटनका लागि आफु र आफ्नो समावेशी समूहलाई अत्याधिक मत दिइ विजय गराउन मतदातालाई अनुरोध गर्नुभयो ।

कुलबहादुर गुरुङ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष टिकारामा गुरुङ, प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव बिमलकुमार नहर्की, सचिव ङिमा दिकी शेर्पा, कोषाध्यक्ष सुमी लामा रहेका छन् ।

सदस्यहरुमा दिकी शेर्पा, गीता राई, माधवप्रसाद पाण्डे, नुर्बू छिरिङ शेर्पा लामा, लालबहादुर जिरेल, सुदास लामा, अशोक तामाङ, पासाङ शेर्पा, पुष्कर शाह, बलबहादुर सुयाल र हरिगोपाल प्रधान रहेका छन् ।

यसैगरी फुर गेल्जे शेर्पा समूहले पनि उम्मेद्वारी दर्ता गराएको छ । पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धका लागि आफु र आफ्नो समूहको उम्मेद्वारी रहेको शेर्पाले बताउनुभयो ।

शेर्पा समूहको बरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्ष कामी (स्पीड काजी) शेर्पा, द्वितीय उपाध्यक्ष, बोधराज भण्डारी, महाससचिव राजेन्द्रबहादुर लामा, सचिव चन्दन थापा, कोषाध्यक्ष निमा नुर्बु शेर्पा रहेका छन् ।

सदस्यहरुमा मुलाल गुरुङ, माधबकुमार धमला, डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा र देवेन्द्र डंगोल रहेका छन् । यहि भदौ ७ गते एनएमएको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति तय भएको छ ।

तस्विरः सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार