एक समाजसेवीको राजनीतिक यात्रा

 

२०८२ माघ ११, पोखरा । हुन त राजनीति समाज सेवा हो, समाज सेवाको एक उत्कृष्ट विधा । तर, हाम्रो देशका पुराना दल र तीनका नेताहरुले यति बिकृत बनाइदिएका छन् कि राजनीति आजभोली भ्रष्टाचार र अनैतिक कार्यको विश्वासिलो माध्यमन बनेको छ ।

देशको यो राजनीतिक दुर्भाग्यलाई बदल्ने प्रयासका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो चुनावी अभियानलाई अधि बढाइरहेको छ । त्यसकै एउटा प्रयास हो, फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि रास्वपाले कास्की क्षेत्र नम्बर तीनका लागि तय गरेको उमेद्धार । कास्की क्षेत्र नम्बर तीनमा रास्वपाबाट समाजसेवी बीना गुरुङले उमेद्धारी दिनुभएको छ ।

बीना कास्कीका जनताले यसअघि निस्वार्थ समाजसेवीको रुपमा चिनेको, बुझेको र उत्तिकै रुचाएको व्यत्तित्व हुनुहुन्छ । नेपालको विभिन्न क्षेत्रमा आर्थिक लगानी गर्दै दर्जन बढी व्यवसायमा सङ्लग्न हुनुभएकी बीना कास्कीको जनता माझ व्यवसायीभन्दा पनि समाजसेवीको रुपमा चिनिनु हुन्छ । वास्तवमा उहाँ समाजसेवाको खास उदाहरण हुनुहुन्छ ।

कास्कीमा सञ्जिवनी दिदीबहिनी केन्द्रको स्थापना गरी महिलाहरुको शसक्तीकरणमा विशेष योगदान पु¥याउनुभएकी बीनाले समाज सेवाका अन्य क्षेत्रमा अझ धेरै प्रशंसनीय र उदाहरणीय काम गर्नुभएको छ । बिना आफ्नो यही समाजसेवाको दायरालाई अझ फराकिलो बनाउन आफूले संसदीय निर्वाचनमा उम्मेद्वारी दिएको बताउनुहुन्छ ।

‘पर्वतमा जन्मिएकी मेरो कार्यक्षेत्र भने कास्की नै रहदै आएको छ । मैले जति पनि गरेको छु, कास्कीलाई नै कार्य क्षेत्र बनाएर गरेकी छु’, बीना भन्नुहुन्छ, ‘अहिलेसम्म समाज सेवामै मेरो समय बित्यो । बाँकी जीवन पनि यही काममा व्यस्त हुनेछु । मेरो क्षेत्रलाई देशको नीति निर्माण गर्ने केन्द्रमै रहेर सेवा गर्ने उद्देश्यले संसदीय निर्वाचनमा उमेद्वारी दिएकी छु । सबैको साथको अपेक्षा छ ।’

उहाँले अहिलेसम्म गर्दै आउनुभएको समाज सेवा कर्मको दायरा फराकिलो बनाउन संसदीय निर्वाचनको उमेद्वारी सही विकल्प मान्न सकिन्छ । अर्थात् उहाँ कास्की क्षेत्र नम्बर तीनको जनताका लागि नीति निर्माण तहमा सही प्रतिनिधित्व सावित हुनुहुने छ । सांसद पद विकास निर्माणभन्दा पनि विशेष गरी देशको नीति निर्माणका लागि हो । भ्रष्टाचार र अनियमिततालाई पूर्णरुपमा अन्य गर्दै महिला शसक्तिकरण, बालबालिकाको समग्र विकास र यस क्षेत्रको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुभएकी बिना आफ्नो प्रतिबद्धतामा कटिबद्ध रहने बताउनुहुन्छ ।

‘म आफ्नो बचनमा अडिक रहने व्यक्ती हुँ । मैले यसअघि मेरो समाजको समग्र विकासमा पु¥याएको योगदानलाई हेर्नुभए पनि हुन्छ । मेलै इमान्दारीता नै मेरो परिचय हो’, उहाँ थप्नुहुन्छ, ‘आफ्नो क्षेत्र र देशलाई नै केन्द्रमा राखेर नीति निर्माणको कार्यमा योगदान त पु¥याउने नै छु । साथै, मेरो क्षेत्रमा भ्रष्टाचार र अनियमितताको खराब संस्कारलाई निर्मुल पार्दै यस क्षेत्रको महिलाहरुको शसक्तिकरण, बालबालिकाहरुको समग्र विकास र यस क्षेत्रको पर्यटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाउँद छु । र मेरो यो प्रतिबद्धतालाई कुनै पनि मुल्य चुकाएर भए पनि पूरा गरेरै छाड्ने छु ।’

यस अघिका कर्मले समाज सेवामा आफूलाई प्रमाणित गरिसक्नुभएकी बीना कास्की क्षेत्र नम्बर तीनको मात्रै नभएर देशले नै चाहेको परिवर्तनको एक महत्वपूर्ण उदाहरण पनि हुनुहुन्छ । हालैको जेन जी आन्दोलनले नेतृत्व परिवर्तनको कुरालाई महत्वका साथ उठाएको छ । देशको यो भावना र आवाजलाई सम्बोधन गर्न पनि बीना र उहाँ जस्तो महिलाहरु नेतृत्वमा आउन आवश्यक छ, जुन कुरालाई कास्की क्षेत्र नम्बर तीनका उमेद्वारले बुझ्ने छन् ।

कास्की क्षेत्र नम्बर तीनमा उहाँसहित १५ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तर, यसमा मात्रै दुई जना महिला उमेद्वार हुनुहुन्छ जसमध्ये बीनाले आफूलाई सशक्त रुपमा प्रस्तुत गर्नुभएको छ । देशले चाहेको नेतृत्व परिवर्तनको मुद्दालाई समेट्न मात्रै यस क्षेत्रको समग्र विकास र देशकै नीति निर्माण कार्यमा विशेष योगदानका लागि कास्की क्षेत्र नम्बर तीनबाट बीनाको जित अत्यावश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार