नेपाल भ्रमण वर्षबारे अमेरिकामा प्रचार


काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बारे अमेरिकामा प्रचार गरिएको छ । अमेरिकामा भएको दुई दिने ट्राभल एण्ड एड्भेन्चर प्रदर्शनीमा नेपालबाट पुगेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का महासचिव सरिता लामा नेतृत्वको टोलीले प्रचार गरेको हो ।
प्रदर्शनीमा सहभागी हुन टान, टानका विभिन्न सदस्य कम्पनीहरु तथा ट्राभल कम्पनीहरुले सहभागिता जनाएका थिए ।

ट्राभल एण्ड एड्भेन्चर प्रदर्शनीमा तीन हजारभन्दा बढि भिजिटरले नेपालबारे चासो राखेको टानका महासचिव सरिता लामाले जानकारी दिनुभयो । ‘प्रदर्शनीमा नेपाली स्टलमा आएर तीन हजारभन्दा धेरै भिजिटरले नेपालबारे चासो राखे ।’ लामाले भन्नुभयो, ‘धेरैजसो भिजिटरले नेपाल आउने वाचा समेत गरेका छन् ।’ महासचिव लामाले प्रदर्शनीमा नेपालको सहभागिताले भ्रमण वर्षलाई सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनी अमेरिकाको लसएन्जलस शहरमा भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार