एनएमए नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने संभावना

कठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) मा नयाँ नेतृत्वका लागि दुइ प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका प्रत्यासी कुलबहादुर गुरुङ र अर्का अध्यक्षका प्रत्यासी फुर गेल्जे शेर्पा प्यानलबीच प्रतिस्पर्धा हुने लगभग पक्का जस्तै देखिएको छ ।

कुलबहादुर गुरुङ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्ष मिङ्मा डेविड शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ रहनुभएको छ । यसैगरी महासचिवमा बिमल नहर्की, सचिवमा ङिमा दिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामा रहनुभएको छ । सदस्य उम्मेद्वारहरु भने हालसम्म देखिएको छैन ।

यसैगरी फुर गेल्जे शेर्पा नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षममा ईश्वरी पोखरेल, प्रथम उपाध्यक्ष काजी शेर्पा (स्पीड काजी), द्वितीय उपाध्यक्ष बोधराज भण्डारी, महासचिव राजेन्द्र लामा, सचिव चन्दन थापा, कोषाध्यक्ष्य ङिमा नुर्बु शेर्पा रहेका छन् । सदस्यहरुमा थुप्तेन शेर्पा, विक्रम कार्की, गोकुल थापा, केदार न्यौपाने, डोल्मा लामा र निशा भोटेको नाम देखिएको छ ।
तर दुबै नेतृत्वले औपचारिक रुपमा प्यानल  घोषणा  गरिसकेका छैनन् । संघको नयाँ नेतृत्वका लागि भदौ ७ गते निर्वाचनको मिति तय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार