नेपाल पर्वतारोहण संघ(एनएमए) को नयाँ नेतृत्वका लागि फुर गेल्जे शेर्पा समूहको उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल पर्वतारोहण संघ(एनएमए) को नयाँ नेतृत्वका लागि फुर गेल्जे शेर्पा समूहको उम्मेद्वारहरुको औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा उम्मेद्वार परिचयात्मक कार्यक्रममा शेर्पा नेतृत्वको प्यानल औपचारिक रुपमा घोषणाको जानकारी दिइएको हो ।

फुर गेल्जे शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धका लागि मेरो उम्मेद्वारी भन्ने नारा सहित आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको बताउनुभयो । एनएमएको विधान संवत रहि सदस्यहरुको हकहित संरक्षण, अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटन प्रवद्र्धन गर्ने र पर्वतारोहण क्षेत्रलाई व्यवस्थित बनाउने लगायत प्रतिवद्धता सहितको योजना रहेको बताउनुभयो । पर्यटन क्षेत्रको लामो अनुभव सहित प्रभावकारी योजना आफु नेतृत्वको समूहले अघि सारेकाले आफु र आफु नेतृत्वको समूहलाई मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय स्तरको आरोहण तालिम केन्द्र सञ्चालन गर्ने, आरोही कल्याणकारी कोषलाई व्यवस्थित गर्ने, जलवायु परिवर्तनबाट प्रभावित हिमाली क्षेत्रमा संरक्षण कार्यक्रम सञ्चालन गर्ने लागायत ३० बुँदे योजना शेर्पा नेतृत्वको समूहले अघि सारेको छ ।

शेर्पा समूहको बरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्ष कामी (स्पीड काजी) शेर्पा, द्वितीय उपाध्यक्ष, बोधराज भण्डारी, महाससचिव राजेन्द्र बहादुर लामा, सचिव चन्दन थापा, कोषाध्यक्ष निमा नुर्बु शेर्पा रहेका छन् । सदस्यहरुमा मुलाल गुरुङ, माधबकुमार धमला, डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा र देवेन्द्र डंगोल रहेका छन् । यहि भदौ ७ गते एनएमएको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति तय भएको छ ।

तस्विर÷सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार